शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा होटल संचालिकासहित १० जुवाडे पक्राउ

शनिबार, ०१ चैत २०७६, १३ : ५५
शनिबार, ०१ चैत २०७६

बुटवल। दाङ्ग प्रहरीले घोराहीमा रहेको एक होटल सञ्चालिका सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । घरोही उपमहानगरपालिका–१४, लखनपार्कस्थित रोल्पाली सृष्टि होटल खाजा घरकी सञ्चालिका छवि पुनसहित १० जना जुवाडेलाई प्रहरीले १ लाख ७१ ह्जार ५ सय ८० रुपैयाँ नगद सहित पक्राउ गरेको हो । 

  जिल्ला प्रहरी कार्यालय  दाङ्गका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका–६ निगालेका दुर्गा पुन,  सोही गाउँपालिका–७, डुब्रिङका रेशम रोका , सोही स्थानका सोमराज बस्नेत , धनबहादुर घर्ति मगर , घोराही रतनपुरका पदमबहादुर बुढा , घोराही कमलघारीका दुर्गालाल रोका, मसिनाका फाले घर्ति , रतनपुरका जनक पुन र रोल्पा निलपानी घर भएकी होटल सञ्चालिका पुन रहेकी छन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप