शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चालकको रिहाइ माग गर्दै यातायात सेवा अवरुद्ध

शनिबार, ०१ चैत २०७६, १४ : ५८
शनिबार, ०१ चैत २०७६

तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र  व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् । 

काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसूरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले आज बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् ।  पक्राउ पर्नेमा बा४ख ८४३५  नंका ईश्वर बोगटी, बा३ख ९०६६ का रामशरण श्रेष्ठ र बा५ख ८२१० का  समिर लामा रहेका छन् ।

उनीहरुमाथि ‘झुठा मुद्दा’ लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् । सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट आउने सवारी साधान प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौँ जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् । 

 काठमाडौँ–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरे । 

 माछापोखरीमा आफ्ना गाडी सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप