स्रोत नखुलेको १२ लाख ३६ हजार रुपैयाँसहित २ जना पक्राउ
शनिबार, ०१ चैत २०७६, १७ : ३३
बारा जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।
बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।