ठमेलमा खुल्यो अर्को पर्यटन परिषद्
ठमेल क्षेत्रका पर्यटन व्यवसायीको हक, हितका लागि पश्चिम ठमेल पर्यटन परिषद् गठन भएको छ । राजधानीको ठमेलमा आयोजित एक कार्यक्रमकाबीच सन्तोष पाण्डेको अध्यक्षतामा १३ सदस्यीय परिषद्को गठन गरिएको हो ।
परिषद्को कार्यसमिति प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिपक श्रेष्ठ, महासचिव मन्दिप गिरि, सचिवमा आशिक अमात्य र कोषाध्यक्षमा मुखिया गुरुङ र सह–कोषाध्यक्षमा राजेन्द्र कुँवर रहेका छन् । यस्तै सदस्यहरुमा आनन्द पाण्डे, मात्रिका रिजाल, अमूलचन्द्र प्रधान, लक्ष्मण अर्याल, हरिकुमार श्रेष्ठ र एञ्जिला तिमिल्सिना रहेका छन् ।
काठमाडौं महानगरपालिका – १६ का वडाध्यक्ष मुकुन्द रिजालले पकनाजोल, सोह्रखुट्टे, कालधारा क्षेत्रमा बिजुली, पार्किङ, ढल, फोहर महानगरपालिकाले उठाए पनि हामीले आप्mनो घर मात्र नभई टोल नै सफा सुग्घर बनाउनुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले ठमेल क्षेत्रका व्यवसायीहरुको सुरक्षा र संरक्षणकाका साथै व्यवसायीले पर्यटकलाई गर्ने व्यवहार र उचित सेवाको बारेमा जानकारी दिन परिषद् गठन गरिएको बताए ।
परिषद्ले परिषद्को उद्देश्य र विधानमा सहमति जनाउने व्यक्तिहरुलाई सदस्यता बनाउने निर्णय गरेको छ भने नयाँ सदस्यताका लागि तीन हजार पाँच सय रुपैयाँ र वार्षिक सदस्यता शुल्कका रुपमा १ हजार ५ सय रुपैयाँ तोकेको छ ।
ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास परिषद नामको अर्को संस्था अहिलेपनि क्रियाशील छ । यो संस्थाले भने ठमेल क्षेत्रको पनि पश्चिमी भागलाई मात्रै समेट्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा