बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भीमढुङ्गाबाट ६ जुवाडे पक्राउ

आइतबार, ०२ चैत २०७६, ११ : २१
आइतबार, ०२ चैत २०७६

काठमाडौँ । नागार्जुन नगरपालका–८ स्थित भीमढुङ्गाबाट–६ जुवाडे पक्राउ परेका छन् । प्रहरीले २६ हजार रुपैयाँ र १२ बुक ताससहित ६ जुवाडेलाई पक्राउ गरको हो । 

पक्राउ पर्नेहरुमा धादिङ घर भएका लिला बहादुर तामाङ, नागार्जुन–७ का माधव गिरी, दिपक भट्टराई, बेद कुमार पौडेल, नुवाकोटका बहादुर तामाङ र संखुवासभाका इन्द्र बहादुर लिम्बु छन् । 

भट्टराईकै मासु पसलभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी लालध्वज सुवेदीले पुष्टि गरे । 

पक्राउ परेका भट्टराई र गिरी स्थानीयहरुलाई धम्की दिँदै आएका थिए । 

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप