पाल्पामा ढाकाको मास्क उत्पादन
आइतबार, ०२ चैत २०७६, १६ : २९
बुटवल । करुवा र ढाका उत्पादनले विशेष पहिचान बोकेको पाल्पामा बजारको माग पूर्ति गर्न ढाकाको मास्क उत्पादन सुरु गरिएको छ । तानसेनमा रहेको पाल्पा मदन पोखरा ढाका पसलले ढाकाको मास्क उत्पादन थालेको हो ।
उद्योगका सञ्चालक कमल भण्डारीका अनुसार ढाकाको मास्कको अहिले राम्रो व्यापार भइरहेको छ । पछिल्लो एक हप्ता मै ३० हजार मास्क उत्पादन भइसकेको उद्योगकी प्रबन्ध निर्देशक सितम् भण्डारीले जानकारी दिइन् ।
माग बढिरहेको भन्दै उनले उत्पादित ढाकाको मास्क काठमाण्डौं , पोखरा , नारायणघाट , बुटवल , भैरहवमा , पूर्वी नेपाल र सुदुरपश्चिमाञ्चलको धनगढीसम्मबाट माग भएको बताइन् ।