शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा सडक आश्रित मानव मुक्त अभियान नेपाललाई सहयोग

आइतबार, ०२ चैत २०७६, १८ : २४
आइतबार, ०२ चैत २०७६

काठमाडौं– सिटिजन्स बैंकले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई आर्थिक सहयोग गरेको छ ।

अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी ‘सम्मान’ नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरेको छ । सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख सहयोग उपलब्ध गराएको जनाएको छ । 

बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप