बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुरानै लयमा फर्किँदै प्रधानमन्त्री ओली

सोमबार, ०३ चैत २०७६, ०६ : ४४
सोमबार, ०३ चैत २०७६

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । 

शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए । 

आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुबीच भएको भिडयो कन्फेरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे ।

१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् । प्रधानमन्त्री ओली शनिवारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्र्रेस सल्लाहकार सूर्य थापाले बताए । 

‘उहाँ पुरानै लयमा फर्कँदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ,’ थापाले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप