मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा बाँकी सब निर्जीव प्राणी मात्रै रहेको आग्रह पाल्नु हुन्न : टंक कार्की

सोमबार, ०३ चैत २०७६, १० : ५७
सोमबार, ०३ चैत २०७६

पार्टी एकता भएर नेकपा बनेको लामो समय बितिसक्दा पनि पार्टीले गति पक्रन सकेको छैन । पार्टी संगठनात्मक दृष्टिकोणले हेर्दा वर्तमानमा नेकपाको स्थिति  ‘नहाँसको चाल, न कुखुराको चाल’ भन्ने अवस्थामा छ ।

त्यसै स्थितिको सटीक विश्लेषण गर्दै नेकपाका नेता तथा वामपन्थी बुद्धिजीवि टंक कार्कीले एउटा फेसबुक स्टाटस शेयर गरेका छन् ।

प्रश्नाेत्तर शैलीमा लेखिएको उनको स्टाटस यस्तो छः

1. ‘सहमतिको दुई मुख्य व्यक्ति प्रचण्ड र केपी शर्मा ओली हो ।'

१००% ठीक । उ बेलाका दुई पार्टीका प्रमुख वारिस । एकीकृत पार्टीका प्रमुख नेता । त्यस हद सम्म वहाँहरुको मानमनितोमा कहीं कत्तै तलवितल हुनु हुँदैन ।

2. 'दुई अध्यक्षबीच सहमति नभएसम्म पार्टीमा निर्णय हुन सक्दैन।'

१००% गलत । सहमति हुनु राम्रो तर न हुँदा निर्णय लिन सकिदैन भनेर पार्टीको वैधानिक व्यवस्थामा त्यस्तो अनुमति कहीं कत्तै दिईएको छैन । त्यसो हो भने त पार्टीका यावत संरचना कठपुतली बन्न पुग्छन् । राणाको, राजाको निरंकुसता लडेर आ'को पार्टी हो यो । पार्टी एकीकरणको मर्म पनि 'दुई अध्यक्ष'को सिण्डिकेट होइन ।

3. 'अर्को बाटो रोजे एकीकरण नै अप्ठेरोमा पर्छ।'

दुईअध्यक्षको मत न बाझ्नु राम्रो हो । कथं बाझेमा 'एकीकरण नै अप्ठ्यारोमा' पर्नु पर्ने खण्ड छैन । त्यो ध्रुविकरण ल्याउने स्थिति पार्टी भित्रको यथार्थ होइन पनि । त्यसलाई हल गर्ने क्षमता पार्टीमा छ - पार्टीमा बाँकी सब निर्जीव प्राणि मात्रै रहेको आग्रह पाल्नु हुन्न । त्यसलाई हल गर्ने हठले होइन । बाल रोदनले पनि होइन । वैधानिक मार्ग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप