बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा पाँच जनाको समूहद्वारा एक युवामाथि खुकुरी प्रहार

सोमबार, ०३ चैत २०७६, १२ : १९
सोमबार, ०३ चैत २०७६

बुटवल । दाङमा एक युवामाथि ५ जनाको समूहले खुकुरी प्रहार गरेको छ ।

सोमबार राति करिव १ बजेको समयमा तुल्सीपुर उपमहानगरपालिका–५ अस्पताल रोड निवासी २३ वर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डिएसपी सुमित खड्काका अनुसार ५ जना युवाको समूहले डाँगीको टाउको र खुट्टामा खुकुरी प्रहार गरेको हो ।

गम्भीर चोट लागेका डाँगीलाई कोहलपुर अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको प्रहरी प्रवक्ता खड्काले बताए । खुकुरी प्रहार गर्ने युवाहरुको खोजी भईरहेको खड्काको भनाइ छ ।

आपसी विवादमा खुकुरी प्रहार भएको प्रहरीको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप