केन्द्रीय संस्करण

मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने यूएईस्थित नेपाली दूतावासको निर्णय

person explore access_timeचैत ३, २०७६ chat_bubble_outline0

यूएई । यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ । बिश्वब्यापी कोरोना भाइरसको कारण युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम झमंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भोलि मंगलबारदेखि अर्को सूचना जारी नहुँदासम्म प्रमाणीकरण  सेवा बन्द रहने दूतावासले जनाएको हो । ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू हुने बिज्ञप्तिमा उल्लेख छ।

सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.