मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सीमा १५% छुट

सोमबार, ०३ चैत २०७६, १६ : ०८
सोमबार, ०३ चैत २०७६

काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ ।

यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे । 

उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् । 

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप