शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमाछोरी संँगसंँगै परीक्षामा

सोमबार, ०३ चैत २०७६, २१ : १४
सोमबार, ०३ चैत २०७६

देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया  छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिएकी छन् ।  उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएकी हुन् ।

“मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलता साथ पूरा गर्न सकिन्छ”, शुक्रबारदेखि शुरु भएको परीक्षा  दिँदै उनले भनिन्, “नयाँ पुस्तासँग आमाले सँगै परीक्षा दिँदा थप उत्साह मिलेको छ ।” 

विसं २०५९  मा ७ कक्षा पास गरेकी उनलाई विवाह गरेको १६ वर्षपछिको समयमा बल्ल पढ्ने अवसर मिलेको छ । पहिलेदेखि नै पढ्न इच्छा भए पनि घरायसी व्यवहारले गर्दा उनले पढ्न पाएकी थिइन् । 

उनले भनिन्, “पढ्नका लागि उमेरले फरक पर्दैन, पढ्नुपर्छ भनेर शुरु गरेको हुँ ।” गरीबी र अर्थाभावका कारण यहाँ पढ्ने अधिकांशको सानै उमेरमा बिहे हुने गरेको बताइएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक लालमणि पौडेलले महिलाका आआफ्नै किसिमका दुःख भए पनि दुर्गाको पढाइतर्फको लगनशीलता, रूचि र चासो देख्दा आफू अचम्मित भएको बताए ।

देवघाट ५ स्थित विद्यालयमा तीन सामुदायिक विद्यालयको गाउँपालिकास्तरीय ८ कक्षाको परीक्षा केन्द्र  छ ।

देवघाट–५ का तीन सामुदायिक विद्यालय बज्रयोगिनी माविबाट ३०, कालिका माविबाट २७  र सिद्धमहाकाली माविबाट २० गरी ७७  विद्यार्थी परीक्षामा सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप