शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘परदेशी २’मा भित्रिए दीलिप

मङ्गलबार, ०४ चैत २०७६, १२ : १७
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । अभिनेता दीलिप रायमाझीको अभिनय फिल्म ‘परदेशी २’मा पनि रहने भएको छ । छायाँकनरत फिल्म ‘परदेशी २’मा दीलिप भर्खर भित्रिएका हुन् । 

फिल्ममा उनी भित्रिएको जानकारी फिल्ममा अभिनेताको भुमिकामा रहेका गायक प्रकाश सपुतले दिए । सपुतले एकस्टाटस पोष्ट मार्फत फिल्ममा रायमाझी भित्रिएका जानकारी दिएका हुन् । उनले आफ्नो आइडल हिरो रुपमा समेत दीलिपको चर्चा गरेका छन् । 

केही सातादेखि पोखरामा छायाँकन भैरहेको फिल्म ‘परदेशी २’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायत मुख्य भुमिकामा रहेका छन् । 

रमेश विजीको कथा तथा पटकथा रहेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षको कथामा फिल्म बन्न लागेको निर्देशक रायमाझीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप