शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग

मङ्गलबार, ०४ चैत २०७६, १६ : २७
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग गरिएको छ । 

अधिवक्ताहरु बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सूचनाको हक प्रयोग गर्दै सोबारे सूचना उपलब्ध गराउन मंगलबार निवेदन दिएका हुन् ।

निवेदकहरुले प्रधानमन्त्री ओलीले किड्नी प्रत्यारोपण गरेको मिति, किड्नी दान गर्नेको पहिचान, किडनी लिने र दिनेबीचको नाता तथा किड्नी दाता र ग्रहण गर्नेका पेश भएका दस्तावेज, नाता प्रमाणितका दस्तावेज, किड्नी प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सूचना माग गरेका छन् ।

सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन राज्य र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेको छ । सोही ऐनको दफा ३ ले प्रत्येक नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको भन्दै सूचना मागिएको निवेदकहरुको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप