शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१८ वर्षअघि सौतेनी आमाको हत्या गरेर फरार अभियुक्त पक्राउ

मङ्गलबार, ०४ चैत २०७६, १९ : ०१
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । प्रहरीले १८ वर्षअघि सौतेनी आमाको हत्या गरेर फरार रहेका १ अभियुक्तलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार धादिङ थाक्रे गाउँपालिका–६ का रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसान्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले थापालाई धादिङको थाक्रेबाट पक्राउ गरेको छ ।

थापाले २०५८ साल माघ १४ गते सौतेनी आमा साइली थापाको घाँटी थिचेर हत्या गरेको प्रहरीको आरोप छ । उनी लामो समयसम्म काठमाडौंको टेकुमा लुकेर बसिरहेको र पछिल्लो समय धादिङस्थि आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।    उनलाई आजै जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप