बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंको तिनथानाबाट ३ जना पक्राउ

मङ्गलबार, ०४ चैत २०७६, २२ : ३४
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलिले सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं.१ घर हुने वर्ष २४ को सञ्जय  घर्ती मगर, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ९ घर हुने वर्ष १९ को पासाङ तामाङ, रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २ घर हुने वर्ष १९ को कपिल खडका रहेका छन् ।

महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले  तिनथानास्थित गस्ती गर्ने क्रममा वर्ष १७ की एक बालिकालाई  अपरिचित ३ जना व्यक्तिहरूले  जबर्जस्ती करणी गरेको सूचनाको आधारमा प्रहरी  टोलीले उक्त घटनामा संलग्न  व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३ जनाले बालिकालाई सडक किनारामा पार्किङ्ग गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगेर जबर्जस्ति करणी गरेका थिए ।
प्रहरीले  पक्राउ परेका ३ जनालाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुरमा अनुसन्धान तथा कार्वाही सुरु भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप