बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

बुधबार, ०५ चैत २०७६, ०० : ३७
बुधबार, ०५ चैत २०७६

एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको हो । राष्ट्रपति ट्रम्पले सो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा रुपमा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतवानी दिँदै भने, ‘चीनलाई दुव्र्यवहार गर्नुअघि उनीहरुले ‘उनीहरुको काममा ध्यान केन्द्रीत’ गर्नुपर्छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए । चीनको विरोध गर्दा पछिल्ला दिन ट्रम्पले पटक–पटक कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका छन् ।
पछिल्लो साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरस फैलाएको दोष अमेरिकी सेनामाथि लगाएका थिए । उक्त आरोपको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत हल्ला फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

चीनको उहानबाट सुरु भएको कोरोना महामारीले विश्वका १ लाख ९० हजारभन्दा बढी संक्रमित भैसकेका छन् भने करिब ८ हजारको मृत्यु भइसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप