बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ५ जना जुवाडे पक्राउ

बुधबार, ०५ चैत २०७६, १० : ०७
बुधबार, ०५ चैत २०७६

बुटवल । प्रहरीले पाल्पामा जुवाकै खालबाट ५ जना जुवाडेहरुलाई नगदसहित पक्राउ गरेको छ ।

जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी ताससहित पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप