केन्द्रीय संस्करण

मिस नेपालको धरान अडिसनमा ६ जना

person explore access_timeचैत ५, २०७६ chat_bubble_outline0

धरान र  मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । ५.४ इन्च उचाईं, प्लस २ पास र १८ वर्ष काटेको अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांशको उचाई कम भएकोले अडिसनमा भाग लिन पाएनन् ।

 धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा अडिसन दिन पाउनेहरु धरान , इटहरी र धनपालथान गाउँपालिका, मोरङबाट रहेका थिए ।

मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरुले गरेको कुराकानी , प्रस्तुति , आत्मविश्वास , बौद्धिक स्तरमापन को आधारमा अंक दिइएको थियो ।

नेपालको ८ वटा ठाउँको  अडिसन सकिएपछि आगामी चैत्र १५ गते काठमाडौँको होटल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको छ र उक्त अडिसन पछि सम्पूर्ण प्रतियोगीहरु बाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपालको सुरुवात देखि को ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ भने यो बर्ष उनलाई सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउनेछन् ।

प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरिदै आएको पुरस्कारको रासी यो वर्षबाट बढाएर प्रति विजेता रु दुई लाख पचास हजार दिइनेछ । यो बर्षका बिजेताहरुले मिस वर्ल्ड, मिस अर्थ , मिस इन्टरनेशनल र मिस सुपर नेशनल मा नेपालको प्रतिनिधित्व गर्नेछन ।

अडिसन अघि मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत धरानको बिभिन्न कलेजहरु धरान मोडल कलेज, युएन नवोदय कलेज , केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार, धरान सिटी कलेजमा कलेज एक्टिभेशन कार्यक्रममा सहभागी भएर मिस नेपाल २०२० को प्रचार-प्रसार गरेका थिए  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...