शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड नायिका सोनम कपुर आइसोलेशनमा

बुधबार, ०५ चैत २०७६, ११ : २९
बुधबार, ०५ चैत २०७६

बलिउड नायिका सोनम कपुर कोरोना त्रासबीच लण्डनबाट भारत फिर्ता भएकी छिन् ।

सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love you too Queen !❤️ @sonamkapoor via her insta stories ✨ // #sonamkapoor

A post shared by Sonam K Ahuja (@sonamkapoorpedia) on

सोनमले भनिन्, ‘एयरपोर्टमा मेरो विभिन्न स्थानमा परीक्षण भयो ।’ एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी त छिन् तर आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् । आजकाल धेरैजसो मानिसहरु भाइरसबाट बच्नका लागि आफ्नो घरमै बसिरहेका छन् र भीडभाडयुक्त इलाकामा सकेसम्म जान अस्विकार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप