मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा पहिलो पटक कोरोनाका नयाँ संक्रमित फेला परेनन्, विदेशबाट आएकामा मात्र संक्रमण

बिहीबार, ०६ चैत २०७६, ११ : ३५
बिहीबार, ०६ चैत २०७६

बेइजिङ । कोरोनाभाइरसको पहिलो संक्रमण देखा परेको चीनमा पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा निकै सुधार आएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिए यता, चीनमा पहिलो पटक बुधबार स्थानीयस्तरमा नयाँ संक्रमित फेला नपरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसलाई विश्वमा कोभिड–१९ विरुद्धको युद्धमा नयाँ मोड मानिएको छ ।

चीनले बुधबार कोरोनाको ३४ नयाँ संक्रमित फेला परेको जनाएको छ । तर फेला परेका ती नयाँ संक्रमितहरु स्थानीय नभई विदेशबाट आएकाहरु रहेको जनाइएको छ ।

चीनमा पछिल्लो महिना दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित थपिदैँ जाने गरेको अवस्थामा हालैका दिनमा संक्रमितको संख्यामा निकै कमी आएको थियो । झण्डै एक महिना लामो ‘लक डाउन’, अनिवार्य रुपमा होम क्वारेन्टाइन, यात्रामा प्रतिवन्ध लगायतका उपाय अवलम्बन गर्दै चीनले कोरोना संक्रमणको फैलावटलाई खुम्च्याउनुको साथै पछिल्लो समय यसलाई करिब–करिब नियन्त्रणमा ल्याइसकेको हो ।

चिनियाँ अधिकारीहरुका अनुसार चीनभित्र कोरोना संक्रमण करिब करिब नियन्त्रणमा आइसकेको छ । विदेशबाट आउनेहरुमा संक्रमण देखिए पनि चीनभित्रै संक्रमण फैलने क्रममा अपेक्षाकृत नियन्त्रण देखिएको छ ।

चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोपमा भने विस्फोटक रुप धारण गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप