भरुवा बन्दुकसहित दुई पक्राउ
बिहीबार, ०६ चैत २०७६, ११ : ५७
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् ।
उनीहरुका साथबाट भरुवा बन्दुक, बारुद, पासो, छिनो खुकुरी, सलाईलगायतका सामग्रीसमेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको ‘कोर यरिया’भित्र पर्ने बहिबरचौर भन्ने ठाउँबाट पक्राउ गरिएको थियोे ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जमा राखिएका क्यामेराको सहायताले गुफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार