शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याकलिनको योग भिडियोले सोसल मिडियामा तहल्का

बिहीबार, ०६ चैत २०७६, १७ : ०२
बिहीबार, ०६ चैत २०७६

मुम्बई । कोरोना भाइरसको बढ्दो प्रभावका कारण दिल्ली, मुम्बई लगायत केही स्थानको जिम स्टेशन समेत बन्द गर्ने आदेश जारी भएको छ । 

जिम बन्द गर्ने आदेशले सर्वसाधारण मात्र होइन बलिउड सेलिब्रेटीमा पनि दुविधा देखिएको छ ।

यो अवस्थामा नियमित एक्सरसाइज गर्ने बानी भएकाहरुका लागि अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरेकी छन् । जसबाट सर्वसाधारणले योगको टिप्स पाउन सक्दछन् ।
भिडियोमा ज्याकलिन योगका विभिन्न आसन समेत देखाएकी छन् । उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजेको छ ।

योग गर्दा ज्याकलिनले पिंक कलरको शर्ट ड्रेस लगाएकी छन् । जसमा उनी निकै बोल्ड देखिन्छिन् ।

भिडियोका साथ ज्याकलिनले क्याप्सनमा लेखेकी छन् ‘आफ्नो शरिरलाई स्वस्थ्य राख्नुहोस् । याद गर्नुस् योग गर्दा म्युजिक र डीप ब्रीथ तपाइलाई आवश्यक पर्दछ ।’

ज्याकलिनको भिडियो सर्वसाधारले निकै मन पराएका छन् । त्यसैले पनि भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप