शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना, चालकको मृत्यु

बिहीबार, ०६ चैत २०७६, १८ : ५९
बिहीबार, ०६ चैत २०७६

बुटवल । गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप  चन्द्रकोट गाउँपालिका ८ को तुराङ्ग मजुवामा पल्टिदा चालक गुल्मीको धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसीको मृत्यु भएको हो ।

दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीद्वार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको छ ।भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप