भारतमा आइतवार ‘जनता कर्फ्यु’ घोषणा
काठमाडौं । भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन् ।
उनले आफू बचौं, देश बचाऔं र जगत जोगाऔं भन्दै देशवासीलाई आग्रह गरेन् । उनले भने, ‘संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाऔं । म फेरि आग्रह गर्दछु, जनता कर्फ्यू लागु गरौं ।’
अहिले कोरोना भाइरसले विश्व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेको भन्दै विशेष सावधानी अपनाउनुपर्ने प्रधानमन्त्री मोदीको सुझाव छ । उनले भने, ‘म १३० करोड भारतीय जनतालाई केही हप्ता माग्न चाहन्छु । यस अवधिमा दुईवटा काम गर्नु आवश्यक छ । जसमा संकल्प र संयम अपनाउनुपर्दछ ।'
हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ ।
मोदीको घाषणाअनुसार आइतबार बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म जनता कर्फ्यु लागू गरिनेछ । २२ मार्चमा हुने जनता कर्फ्यूको बारेमा आफ्ना नजिकका मानिसलाई फोन वा अन्य कुनै माध्यमबाट सूचना दिन पनि उनले आह्वान गरेका छन् ।
उनले भने, ‘महामारीको रुपमा फैलिएको यो भाइरस विरुद्ध लड्न जनताको, जनताद्वारा नै यो कर्फ्यु सफल बनाउन म आग्रह गर्छु । यो समयमा कोही पनि आफ्नो घरबाट बाहिर ननिस्कनुस्। सबैजना आफ्नो घरमा नै बस्नुस्। यो हाम्रो लागि चुनौती हो । विश्वव्यापी महामारी विरुद्ध लडाई हो।’
उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेका छन् । मोदीले खाद्यान्न, औषधी, लगायत अत्यावश्यक सामानहरुको कमी हुन नदिन सरकारले प्रयास गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत