शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको सन्त्रास : काठमाडौँबाट बाहिरिने क्रम बढ्यो (फोटोफिचर)

शुक्रबार, ०७ चैत २०७६, ०९ : २१
शुक्रबार, ०७ चैत २०७६

विश्वव्यापी महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९ ) को सन्त्रासको प्रभाव काठमाडौं उपत्यकामा पनि पर्न थालेको छ ।। 

पछिल्लो समयमा विश्वभरीका विभिन्न मुलुकहरुमा ‘लकडाउन’ को अवस्था सिर्जना भएपछि काठमाडौं उपत्यकाबाट गाउँ जाने यात्रुको संख्या बढ्न थालेको छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको कोटेश्वर, नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।  

घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउँछन् ।    

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप