बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

शुक्रबार, ०७ चैत २०७६, ११ : ०५
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् । 

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको जानकारी दिए । 

प्रतिनिधिसभाको बैठक पनि १३ गतेसम्मलाई स्थगित गरिसकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप