बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार १२ बजेसम्म ६८ हजारले छाडे काठमाडौँ

शुक्रबार, ०७ चैत २०७६, १४ : ०२
शुक्रबार, ०७ चैत २०७६

काठमाडौँ । सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएपछि बिहीबार र शुक्रबार बिहान १२ बजेसम्म एक लाख ७६ हजारले उपत्यका छाडेका छन् ।

शुक्रबार बिहान १२ बजेसम्म ६८ हजार २२५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ११ हजार ६९० वटा सवारी साधन पनि बाहिरिएको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले २६ हजार ३९१ यात्रु र ५ हजार २९५ सवारी साधन काठमाडौँ उपत्यका भित्रिएको जानकारी दिए ।

यस्तै बिहीबार (१२ घण्टा) मा काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या १ लाख ८४५८ जना रहेको ट्राफिक प्रहरीको रेकर्डमा उल्लेख छ । १५ हजार ५४४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिएको थियो ।

बिहीबार १५ हजार १४० सवारी साधनमा ८३ हजार १३९ जना काठमाडौँ उपत्यका भित्रिएका थिए । बिहीबार मात्रै १ लाख ५० हजारभन्दा बढिले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको उनले बताए ।

पछिल्लो समय विश्वभरी कोरोना भाइरसको सन्त्रास छ । एक महिना स्कुल, कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौँ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका छन् । त्यस्तै रोजगारीका क्रममा काठमाडौँ बस्ने अभिभावकहरु पनि कोरोना त्रासले छोराछोरीलाई लिएर गाँउ फर्किन लागेका हुन् ।

अचानक स्कुल, कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको छ । काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

ट्राफिक व्यवस्थापनमा कुनै समस्या नहुने एसएसपी ढकालको भनाइ छ । उनले भने, ‘बिहीबार अचानक यात्रुहरु बाहिरिनेको संख्या बढ्यो । बसपार्कदेखि नाकासम्म चनाखो छौं ।’ त्यस्तै एसएसपी ढकालले सिट संख्याभन्दा धेरै यात्रु नचढाउन र सवारी साधनको सरसफाइमा विशेष ध्यान दिन सवारीसाधन धनीलाई निर्देशन दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप