शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमामा निगरानी बढाउन नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

शुक्रबार, ०७ चैत २०७६, २० : ४५
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीचको वार्ता महामारीका रुपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशबीच औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा जोड दिँदै दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ को जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्नेबारेमा पनि छलफल गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ बाट जोगाउन भारतले विशेषज्ञ र चिकित्सकहरु सम्मिलित द्रुत प्रतिकार्य टोली पठाउन प्रस्ताव गरेकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप