बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

शनिबार, ०८ चैत २०७६, ०७ : ५६
शनिबार, ०८ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै  स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ । 

शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने र  पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका १/२ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । 

साथै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ । 

देशको पूर्वी र मध्य भू–भागका १/२ स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप