मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस छैन भन्दै उत्तर कोरियाले समुन्द्रमा हान्यो मिसाइल

शनिबार, ०८ चैत २०७६, १३ : २८
शनिबार, ०८ चैत २०७६

बाँकी विश्व कोरोना भाइरससँग जुधिरहेका बेला उत्तर कोरियाले समुन्द्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

 सी अफ जापानमा यसअघि ‘पहिचान हुन नसकेको बिस्फोट’ अन्ततः छोटो–दूरीको ब्यालेस्टिक मिसाइल रहेको जापानी जलसेनाले जनाएको छ । 

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले आफ्नो देश कोरोनामुक्त छ भनेर घोषणा गरेको केही दिनमै बिस्फोट भएको हो, बेलायती सञ्चारमाध्यम द सनले लेखेको छ । उत्तर कोरियाले यस महिना तेस्रोपटक मिसाइल परीक्षण गरेको हो । 

यो मिसाइल जापानको इकोनोमिक जोन वाटर्सबाट बाहिर खसेको जापानी जलसेनाले जनाएको छ । 

कोरोना भाइरससँग जापान, दक्षिण कोरिया र चीन जुधिरहेका बेला उत्तरले यसको फाइदा लिन खोजेको विश्लेषकहरुले बताएका छन् । 

दक्षिण कोरियाली अधिकारीहरुले पनि समून्द्रमा ‘नाम नखुलेको वस्तु’ उड्दै गरेको अवस्थामा देखिएको जनाएका छन् । 

यसअघि उत्तरले मार्च २ र ९ मा पनि मिसाइल परीक्षण गरेको छ ।

 डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलन निष्कर्षविहिन भएपछि उत्तर कोरियाले अन्तर्राष्ट्रिय सन्धी र प्रतिबन्ध विपरीत मिसाइल परीक्षण र प्रदर्शन गर्दै आएको छ । 

यसअघि किमल बेलायतसहितका पश्चिमा शक्तिले उत्तर कोरियाका गतिविधिबारे छलफल गर्न उच्च स्तरको संयुक्त राष्ट्रसंघीय बैठक बोलाउनुपर्ने माग गरेका थिए, जसलाई किमले ‘गलत र तर्कहीन सोच’ भने ।

उत्तर कोरियामा कोरोना भाइरस 
उत्तर कोरियामा कोरोना भाइरसका कारण सयौं सैनिकले ज्यान गुमाइसकेको बेलायती सञ्चारमाध्यम द सनले जनाएको छ । उत्तर कोरियाली अधिकारीहरुले भर्खरै क्वारेन्टाइनमा रहेका एक बिरामीको हत्या गरेको समाचारमा उल्लेख छ । यी बिरामीमा कुनै लक्षण देखिएको थिएन र उनी भागेर सार्वजनिक स्थलमा नुहाउन पुगेका थिए । मध्य फेब्रअरीमा सडकमा उनलाई पक्राउ गरेर गोली हानिएको थियो । 

किम जोङ उनले कोरोनाविरुद्ध लड्न ‘लकडाउन’ लागु गर्नेगरी सैनिक कानून प्रयोग गरेका छन्, यद्यपी अहिलेसम्म उत्तर कोरियामा कोरोना संक्रमणको पुष्टि भएको छैन ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई केही  साताअघि पत्र लेखेर उनले छिमेकामा महामारीको घटना हुँदा पनि एकता देखिन नसक्नु दुखद् रहेको बताएका थिए । 

अमेरिकाले यसै साता कोरोनाविरुद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेको थियो, जसलाई उत्तरले अस्वीकार गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप