केन्द्रीय संस्करण

दाङ्गमा ९ जुवाडे पक्राउ

person explore access_timeचैत ८, २०७६ chat_bubble_outline0

बुटवल । दाङ्गमा जुवाखालबाट झण्डै ३ लाख नगद रकमसहित प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले २ लाख ८९ हजार १४ रुपैयाँ नगदसहित पक्राउ गरेको हो । 

घोराही उप–महानगर पालिका –१४ को सरस्वती टोलमा रहेका बुढाथोकी समिर होटलमा कोठा भाडामा लिइ जुवा खेल्दै गरेका ९ जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी  कार्यालय दाङका डीएसपी सुमित खड्काले पुष्टि गरे । 

डीएसपी खड्काकाअनुसार पक्राउ पर्नेमा उपमहानगरपालिका– १० का ४३ बर्षीय मलबहादु डाँगी, २७ बर्षीय प्रेम पुन, ४० बर्षीय द्र्रोणबहादुर महरा, ५० बर्षीय गुमानसिंह डाँगी, ३१ बर्षीया बिष्णु बिसी भन्ने टपेन्द्र बिष्ट, २७ बर्षीय आकाश लम्साल, ३८ बर्षीय धनबहादुर वली र ३२ बर्षीय अनिल विक रहेका छन् ।

प्रहरीले केहि दिनअघि मात्र नजिकैको अर्को होटलमा जुवा तास खेल्दै गरेका १० जनालाई पक्राउ गरि कारबहाी गरेको थियो । पछिल्लो समय दाङ्गका होटलहरु जुवातासको अखडा बनेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.