बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवल बसपार्कबाट दाजु र बहिनी बेपत्ता

शनिबार, ०८ चैत २०७६, १८ : ४१
शनिबार, ०८ चैत २०७६

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका बडागाउँ मैदानका एक घरका दाजु र बहिनी  शुक्रवारदेखि बेपत्त भएएका छन् । मुसिकोट मैदान निवासी भुपेन्द्र जिसीका  १३ वर्षीय छोरा बिजय र १२ वर्षीया छोरी सिचना जिसी शुक्रवार दिउँसो ३ बजेदेखि बुटवल बसपार्कबाट बेपत्ता भएका हुन् ।

 
त्यस समयमा बुटवल  बसपार्कबाट गुल्मी मुुसकोटस्थित  घर हिडेका दाजुबहिनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा भुपेन्द्र जिसीले बताए । केही वर्षदेखि जिसी परिवाले बुटवलमै ज्याला मजदुरी गर्दै आएका छन् ।

 
विजय ६ महिनादेखि र सिचिना एक वर्षदेखि बुटवलमा  बाबु र आमासँगै बस्ने गरेका थिए । आफूहरु काममा गएको बेला दाजुले बहिनी लिएर हिडेको र वुटवल बसपार्कमा सानीमाले बोलाउँदा भागेर हिडेको आमा कल्पना जिसीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप