बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा रहेका नेपालीहरूलाई नआत्तिन राजदूत ढकालको आग्रह

शनिबार, ०८ चैत २०७६, १९ : ३२
शनिबार, ०८ चैत २०७६

युएई । युएईको लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका नेपालीहरुलाई नआत्तिन अनुरोध गरेका छन्। उनले युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रूपमा कम देखिएकोले यहाँको सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय भएकाले कठिन परिस्थिति आउन नसक्ने बताए ।


युएई सरकार र नेपाल सरकारले जारी गरेका सूचनाहरूअनुसार आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडबाट सकेसम्म टाढै बस्न र स्वस्थ आहार–विहारमा जोड दिन अनुरोध गरे ।

युएई सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उच्च सतर्कता र कुशलतापूर्वक काम गरिरहेकोले नेपाली कामदारहरुलाई जहाँ भए पनि उच्च मनोवलका साथ रहन उनले आग्रह गरे।

साथै यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएई सरकारका सम्बन्धित निकाय र नेपाली दूतावास अबुधाबीमा सम्पर्क राख्न राजनूदत ढकालको अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप