बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन

शनिबार, ०८ चैत २०७६, २२ : २६
शनिबार, ०८ चैत २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको छ । 

शनिबार राति सम्पन्न कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो । कार्यदल समिति मातहत नै रहनेगरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।  

उनका अनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ । यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने उनले बताए । 

बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को  कार्यदल गठन गरिएको छ । 

यस्तै राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । 

क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा कार्यदल  र बनाइएकाे छ भने निर्णय/निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन  रक्षाममन्त्रालले गर्नेछ ।

यस्तै सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ । यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको खतिवडाले जानकारी दिए । 

यसअघि सरकारले चैत ९ देखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, अन्तराष्ट्रिय उडान आवागमनमा प्रतिबन्ध लगाउने तथा चैत १० देखि लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउनेलगायतका विभिन्न निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप