रियल म्याड्रिडका पूर्व अध्यक्षको कोरोनाभाइरसका कारण मृत्यु
कोरोना संक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुुने थियो,’ उनले लेखेका छन्,‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’
रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ । रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।
सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो ।
उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।
कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
-
भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
-
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?