अर्जेन्टिनी स्टार डिबाला र इटालीका पूर्वकप्तान माल्दिनीमा कोरोनाको संक्रमण
आइतबार, ०९ चैत २०७६, ०७ : २०
इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । २६ वर्षीय डिबाला र उनकी प्रेमिका ओरिआना साबाटीनीमा संक्रमण भेटिएको युभेन्टस क्लबले जनाएकोे छ ।
‘ओरिआना र म दुवै पोजेटिभ टेस्ट भएका छौँ,’ डिबालाले इन्सटाग्राममा लेखेका छन्, ‘भाग्यवस हामी दुवै ठीक अवस्थामा छौँ ।’
ओरियाना अर्जेन्टिनी गायिका, नायिका र मोडल हुन् । क्लबका अनुसार दुबैजना सेल्फ आइसोलेसनमा छन् । कोरोना संक्रमित हुने डिबाला युभेन्टसका तेस्रो खेलाडी हुन् । यसअघि डेनियल रुगानी र ब्लेसे माटुइडीमा संक्रमण देखिएको थियो ।
उता, एसी मिलानका टेक्निकल डाइरेक्टर पाओलो माल्दिनी र उनको छोरा डेनियलमा पनि कोरोनाभाइरसको संmमण देखिएको छ । ५१ वर्षीय पाओलो दुई हप्ताको सेल्फ आइसोलेसनमा थिए भने १८ वर्षीय डेनियल एसी मिलानको पहिलो टोलीसँग प्रशिक्षणमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै