बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायन कोरोना भाइरसद्वारा संक्रमित

आइतबार, ०९ चैत २०७६, १२ : ५६
आइतबार, ०९ चैत २०७६

बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायनले आफू कोरोना भाइरसद्वारा संक्रमित भएको जानकारी दिएका छन् ।

‘म विगत एक हप्तादेखि बिरामी थिएँ, प्रत्येक दिन स्थिती सुधारोन्मुख थियो,’ किबोर्डिस्टले लेखे । ‘कृपया नडराउनुहोस् ! यो एउटा फ्लू हो, महामारी होइन ।’

ब्रायनले उनी विगत एक हप्तादेखि क्वारेन्टाइनमा रहेको र थप एक हप्ताका लागि बस्ने बताएका छन् । उनले लेखेका छन्, ‘जब म ठिक भएको महसुस गर्छु तब म भाइरसमुक्त भए नभएको पुष्टि गर्न पुनः परीक्षण गर्नेछु । यो अब छोटो समयमा नै समाप्त हुनेछ... प्रत्येक अमेरिकीको सहयोगमा ।’

ब्रायन टोनी अवार्ड बिजेता कम्पोजर र लिरिसिस्ट हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप