शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रिपरिषदका दर्जन निर्णय : कोरोनाको उपचारमा खटिने चिकित्सकलाई शत प्रतिशत प्रोत्साहन भत्ता

आइतबार, ०९ चैत २०७६, २२ : ००
आइतबार, ०९ चैत २०७६

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सकहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ । 

आइतबार बसकेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ । 

त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् । 

त्यसैगरीमन्त्रिपरिषद बैठकले भारत र चीनसँग जोडिएका सवै सिमा नाकाबाट यात्रु आवागन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाका अनुसार चैत १० गते १० बजेदेखि सिमाबाट यात्रु आवागमन रोक्ने निर्णय भएको हो । जुन चैत १६ सम्म लागु हुनेछ । त्यस्तै सरकारले कोरोना उपचारका लागि थप एक अस्पताल तोकेको छ । 

यसअघि टेकु, बीर वीपी धुलिखेल तोकिएकोमा अव चन्द्रागिरीस्थित सशस्त्र प्रहरीको अस्पताललाई पनि कोरोना उपचारका लागि तोककिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका खतिवडाले भारत र चीनबाट कोरोना उपचारका लागि चिकित्सक बोलाउनुपर्ने अवस्था नरहेको पनि जानकारी दिएका छन् । उनले ल्याव र परीक्षण गर्ने किट ल्याउने बारेमा छिमेकी मुलुक भारतसँग कुराकानी भइरहेको जानकारी दिए ।  आजको मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप