मौलिक नेपाली बाजाहरूको अर्केस्ट्रा तयारीबारे विमर्श
काठमाडौँ । मौलिक नेपाली बाजाहरूको अर्केष्ट्राको तयारी सम्बन्धमा राजधानीमा सम्बन्धित विधाका विज्ञहरूबिच गहन विमर्श भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली परम्परागत मौलिक बाजा र तिनका धुनहरूको संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले परम्परागत मौलिक नेपाली बाजाहरूको अर्केष्ट्रा के कसरी तयार पार्न सकिन्छ भन्नेबारे यस्तो विमर्शको आयोजना गरेको हो ।
विमर्श कार्यक्रममा कुलपति नारायणभक्त श्रेष्ठले प्रज्ञा–प्रतिष्ठान नयाँ कामहरूको तयारीतर्फ केन्द्रित भएको सुनाउँदै यो कार्यक्रम अर्केष्ट्रा सम्बन्धी आयोजना गरिने बहृत् विचार गोष्ठीका लागि सुझाव गोष्ठी भएको र कोरोनाको सन्त्रास हटेपछि बृहत् अर्केष्ट्रा विमर्श गोष्ठीको आयोजना गरिने योजना सुनाए । कार्यक्रममा उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोटले प्रज्ञा–प्रतिष्ठानको गतिविधबारे प्रकाश पारेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले अर्केष्ट्रा विमर्श कार्यक्रमको आयोजनाबारे प्रकाश पार्दै भने– “मौलिक नेपाली बाजाहरूको धुनमात्रै सुनाएर अब पुग्दैन । यो कुरा मनोरञ्जनका लागि मात्रै होइन कि नेपाली लोपोन्मुख बाजा र ती बाजाका धुनहरूलाई आम जनताको सम्पत्ति कसरी बनाउन सकिन्छ भन्ने पनि हो । साथै, यो मौलिक नेपाली लोकबाजा र धुनहरूको अभिलेखीकरणको प्रक्रिया पनि हो ।”
उक्त कार्यक्रमा बोल्दै अर्केष्ट्राविद् हस्तबहादुर थापाले नेपाली मौलिक बाजाहरूको अर्केष्टा तयारीबारे सह्रानीय विमर्श भएको भन्दै अहिले हामीकहाँ जेजस्ता बाजाहरू छन् तिनैबाटै नेपालीपन झल्किने अर्केष्ट्रा तयारी पारिनु राम्रो हुने विचार व्यक्त गरे ।
शुभबहादुर सुनामले बाजाहरूको स्केलिङका साथै बाजाको समूह तयार गर्नु जरुरी रहेको उल्लेख गर्दै अर्केष्ट्रा तयार पारेपछि त्यसको व्यवस्थापनको दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।
किशोर गुरुङले किशोर गुरुङले अर्केष्ट्रको स्वरूपमा मौलिक बाजा र धुुनलाई लैजाँदा त्यसको नैतिक जिम्मेवारीको पनि कुरा युरोपतिर उठ्ने गरेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो कुरा उठ्न सक्ने भएकाले त्यसतर्फ बेलैमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले नेपालमा अर्केष्ट्रा बुझेका वाद्यवादकको अभाव रहेको उल्लेख गर्दै पोेलिफोनी नसकिए पनि मोनोफोनिमा जाँदा राम्रो हुने बताए ।
कार्यक्रममा प्रकाश गुरुङ, राजकुमार श्रेष्ठ, शिलाबहादुर मोक्तान, राजु सिंहले पनि मौलिक नेपाली परम्परागत बाजाहरूको अर्केष्ट्रा तयारीबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने