शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानाडामा रहेका नेपाली सुरक्षित : एनआरएन क्यानडा

मद्दतका लागि टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह
सोमबार, १० चैत २०७६, ११ : ३५
सोमबार, १० चैत २०७६

बद्री तिमल्सिना

टोरोन्टो । कोरोनाभाइरसको महामारीका कारण क्यानडामा कम्तिमा २० जनाले ज्यान गुमाइसकेका छन् भने १३ सय भन्दा बढी संक्रमित भएका छन् । यसबाट अहिलेसम्म ब्रिटिस कोलम्वियामा सबैभन्दा बढी नोक्सानी पुगेको छ । त्यहाँ अहिले सम्ममा १० जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय २४ जनामा यो भाइरस देखिएको पुष्टि भएको छ ।

यस्तै क्युवेकमा ५ जनाको मृत्यु, २०२ जना विरामी, ओन्टारियोमा ३ जनाको मृत्यु, ३ सय ७७ जना विरामी, अल्वर्टामा १ जनाको मृत्यु र २ सय २६ जना विरामी भएको पुष्टि भएको छ । यो अहिले बढ्दो क्रममा छ ।

क्यानडा सरकारले आपतकाल लगाएर सबै सीमाना बन्द गरेर बाह्य आगमनमा बन्देज लगाइसकेको छ । तर मृत्यु हुने र विरामीको संख्या अझै बढ्दो क्रममा छ ।

क्यानडामा बसोबास गर्ने सबै नेपालीहरु अहिलेसम्म सुरक्षित नै रहेको एनआरएनए क्यानडाले जनाएको छ । उच्च सतर्कता अपनाउँदै घरैमा बसेर काम गर्न, आवश्यक्ताभन्दा बढी बाहिर सकेसम्म हिँडडुल नगर्न, भीडभाडमा नजान सबै नेपाली समुदायमा एनआरएनए क्यानडाले अपिल गरेको छ ।

नेपाली समुदायमा आउनसक्ने सम्भावित विपत्तीलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रिय हेल्पडेस्क मार्फत स्वास्थ्यकर्मी र विज्ञहरुको टोलीको सहयोगलाई तयारी अवस्थामा राखेको एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले बताएका छन् ।

भविष्यमा आइपर्न सक्ने आपत्तकालिन समयका लागि अन्य सहयोग जुटाउने तयारी भइरहेको अध्यक्ष चिरन्जिवी घिमिरेले जानकारी दिएका छन् ।

कुनै विपत्तीको समयमा एनआरएन क्यानडाको टोल फ्रि नम्बर १८००६२७९०२६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यसैबीच भाइरसको प्रकोप बढेसंगै क्यानडा सरकारले आफ्नो नागरिकको आपत्तकालिन व्यवस्थापनका लागि ८२ विलियन क्यानेडियन डलर संगै विभिन्न राहत र सहुलियतका कार्यक्रमहरु पनि घोषणा गरेको छ । जसअनुसार प्रकोपका कारण व्यापार व्यवसाय वा जागिर, अथवा कुनैपनि सेवा सुविधा त्याग्नु पर्ने अवस्थामा, घर जग्गाको महिनावारी भुक्तानी ६ महिनासम्मका लागि छुट दिने छ भने वेरोजगारी भत्ताको रुपमा पाउने सरकारी सहुलियतका लागि आवेदन खुला गरेको छ । क्यानडामा रहेका विभिन्न कम्पनीहरुले पनि आ–आफ्नो तर्फबाट सहुलियत दिने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप