शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षा

सोमबार, १० चैत २०७६, ११ : ५२
सोमबार, १० चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै  स्थानिय वायूको समेत प्रभाव रहेको छ।

भने हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेकोछ भने मध्य र पश्चिम का पहाडी भेगमा आंशिक बदली रहेको छ ।
 
महाशाखाका अनुसार आज दिउँसो पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहनेछ । पूर्वी  पहाडि  भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशको पश्चिमि भू–भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप