केन्द्रीय संस्करण
समाचार

बेलायतमा अर्का नेपालीमा कोरोना पोजेटिभ, परिवारका सदस्यलाई आइसोलेसनमा राखियो

person explore access_timeचैत १०, २०७६ chat_bubble_outline1

लन्डन । बेलायतमा एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  

लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् । 

आइतबार फेसबुकमा स्टाटस राख्दै उनले आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको बताएकी छिन् । 
उनले  भनेकी छन्, ‘यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ ।सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’

 शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचाररत छिन् । यसअघि १० दिन उनी घरमै आइसोलेसनमा रहेको बताइएको छ । 

गत मार्च ८ तारिखका दिन उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसपछि बिरामी परेकी उनी घरमै आइसोलेसनमा रहेको भएपनि शुक्रबार भने अस्पताल नै भर्ना भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनलाई संक्रमण भएपछि श्रीमान् सहित परिवारका अन्य सदस्यलाई आइसोलेसनमा राखिएको बताइएको छ । 

यसअघि गत हप्ता लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको थियो । 
प्राप्त जानकारी अनुसार राई नै कोरोनाबाट मृत्यु हुने बेलायतका पहिलो नेपाली रहेका छन् ।

कोरोना भाइरसका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २८१ पुगेको छ, जसमा सबैभन्दाकम उमेरका १८ वर्षीय बेलायती नागरिक समेत परेका छन् ।

 संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ हजार नाघिसकेको छ । कोरोनाबाट ज्यान गुमाउने मुलुकमा  सबैभन्दा अग्रपंक्तिमा इटाली रहेको छ ।  जहाँ ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।  

अपडेट : भगवती रानाभाट कोरोनामुक्त भएर घर फर्किसकेकी छिन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 23, 2020, 4:29 p.m. Jagan Gurung
    Get Well Soon Sis.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.