बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनौली नाका बन्द

सोमबार, १० चैत २०७६, १४ : १८
सोमबार, १० चैत २०७६

बुटवल । सरकारले छिमेकी मुलुकसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै रुपन्देहीको सुनौली सुनसान भएको छ । दैनिक हजारौँ यात्री तथा सयौँ सवारी साधन ओहोर दोहोर गर्ने यो नाका सोमबार बिहान १० बजेपछि सुनसान बनेको हो ।

नेपाल सरकारले चीन र भारत दुवै देशका नाका बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने सुनौली सुनसान बन्दै गएको हो ।

उक्त नाकामा मानिसको आवतजात निकै घटेको बेलहिया प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनले रातोपाटीसँग भने, ‘उताबाट आगमन रोकिएको छ । यताबाट भारततर्फ फाट्ट फुट्ट गइरहेका छन् ।’

ढुवानीका गाडीहरु भने चलिरहेका छन् । सीमा नाकामा यात्रुलाई आवतजावतमा रोक लगाएपछि बुटवलको बसपार्क सुनसानजस्तै बनेको छ । सरकारले लामो दुरीका सवारी साधान रोक्ने र भारतबाट आवागमन रोकिएपछि बुटवलको बसपार्क सुनसानजस्तै छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारतसँग जोडिएका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको थियो । सामान आयात निर्यात भने निर्वाध रुपमा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप