बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ला लिगा अनिश्चितकालका लागि स्थगित

सोमबार, १० चैत २०७६, २१ : ४१
सोमबार, १० चैत २०७६

कोरोनाको महामारी फैलिएपछि स्पेनमा स्पेनिस ला लिगा लगायत सम्पूर्ण फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ । 

स्पेनिस सरकारले कोरोनाको महामारी समाप्त भएको घोषणा नगरेसम्म स्पेनिस फुटबल महासंघ र ला लिगाले फुटबलका सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो । 
अहिले साविक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई दुई अंकले पछि पारेको छ । रियलको ५६ अंक छ । 

तेस्रो स्थानमा रहेको सेभिल्लाको ४७ अंक छ । कोरोनाका कारण स्पेन सरकारले अहिले अप्रिल ११ तारिखसम्म देशमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप