बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : आज वर्षा र हिमपातको सम्भावना

मङ्गलबार, ११ चैत २०७६, ०७ : ४४
मङ्गलबार, ११ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै  स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । 

मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल देशको पश्चिमी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ । 

महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमि भू–भागमा सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ ।

यसैगरी, पश्चिमि पहाडी  भू–भागका थोरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । भने पश्चिमि हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पश्चिमि भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पश्चिमि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ  । पश्चिमि हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप