बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डलरको भाउ अहिलेसम्मकै उच्च, अन्य देशको विनिमयदर कति ?

मङ्गलबार, ११ चैत २०७६, ०७ : ५९
मङ्गलबार, ११ चैत २०७६

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार  खरिददर १२० रुपैयाँ  बिक्रीदर १२० रुपैयाँ ६० पैसा रहेको डलर एकको भाउ मंगलबार बढेर खरिददर १२१ रुपैयाँ  ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा उल्लेख गरिएको छ । 

यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९३  पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप