अस्पताल भर्ना नभई निको भइन् यी नायिका, दुई हप्ताअघि भएकी थिइन् कोरोना भाइरसद्वारा संक्रमित
कोरोना भाइरससँग जुधिरहेकी जेम्स बन्ड नायिका ओल्गा कुलिलेंकोले अब आफू पूर्ण रुपमा ठिक भएको जानकारी दिएकी छिन् । ओल्गाले इन्स्टागा्रममार्फत् यसबारे जानकारी दिएकी हुन् । उनले १५ मार्चमा सोसल मिडियमार्फत् आफ्नो संक्रमणबारे खबर दिएकी थिइन् । नायिकाका अनुसार उनी संक्रमणका बेला अस्पताल गइनन् ।
आइसोलेशनमा बसिरहेकी ओल्गाले समय–समयमा सोसल मिडियामार्फत् आफ्नो स्वास्थ्यबारे जानकारी पनि दिइरहेकी थिइन् । उनले लेखिन्, ‘म पूर्ण रुपमा स्वस्थ भएकी छु । फेरि बताउने हो भने एक हप्ता मलाई असाध्यै गाह्रो भयो किनभने मलाई उच्च ज्वरो आउँथ्यो र टाउको धेरै नै दुख्ने भएकाले धेरैजसो समय सुतेर नै बिताउँथे । दोस्रो हप्तामा मेरो ज्वरो हरायो तर हल्का कफ र धेरै थकान रह्यो ।’
उनले थपिन्, ‘दोस्रो हप्ताको अन्त्यमा म पूर्ण रुपमा ठिक भए । कफबाट पनि राहत पाएँ । अब म आफ्नो छोरासँग समय बिताइरहेकी छु ।’ नायिकाले आफ्नो प्रशंसकलाई इन्स्टा पोस्टमार्फत् धन्यवाद पनि दिएकी छिन् ।
४० वर्षकी ओल्गा टम क्रुजसँग फिल्म ‘ओब्लिवियन’ र सन् २००७ मा रिलिज भएको फिल्म ‘हिटम्यान’ मा महत्वपूर्ण भूमिका निभाइसकेकी छिन् । उनले हालै ‘द बे अफ साइलेन्स’ को काम पूरा गरेकी छिन् । नायिकाबाहेक ओल्गा निर्माता र लेखिका पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो