शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लक डाउन’पछि प्रधानमन्त्री कार्यालयमा कोरोना उच्चस्तरीय समितिको बैठक जारी

मङ्गलबार, ११ चैत २०७६, १५ : १३
मङ्गलबार, ११ चैत २०७६

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ । बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ ।

बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका नीति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिए । बैठकमा गृहमन्त्री, उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री, पर्यटनमन्त्री लगायत सुरक्षा प्रमुखहरु समेत सहभागी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप